२३ मईसम्म बढ़ायाे मनीष सिसोदियाको न्यायिक हिरासतमनीष

manish-Sisodia-in-Tihar-jail.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एवेन्यू कोर्टले दिल्ली आबकारी घोटालाको मनी लन्ड्रिङसित सम्बन्धित मामिलामा दिल्लीका पूर्व उप-मुख्यमन्त्री मनीष सिसोदियाको न्यायिक हिरासत २३ मईसम्म बढ़ाएको छ।

आज यस मामिलामा सिसोदियाको न्यायिक हिरासत समाप्त भईरहेको थियो। कोर्टले २३ अप्रेलमा मनीष सिसोदियालाई आजसम्मका लागि न्यायिक हिरासतमा पठाएको थियो।

सीबीआईले २५ अप्रेलमा दर्ता पूरक चार्जशीटमा सिसोदियालाई आरोपित बनाएको छ। ईडीले यस मामिलामा मनीष सिसोदियालाई ९ मार्चमा सोधपुछपछि तिहाड़ जेलबाट पक्राउ गरेको थियो। सिसोदियालाई सीबीआईले २६ फरवरीमा पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement