नयाँ दिल्ली: केन्द्रिय गृहमन्त्री अमित शाह मंगलवार पश्चिम बंगालको एक दिवसीय भ्रमणमा जानेछन्। गृह मन्त्रालय सूत्र मार्फत थाहा लागे ‘अनुसार मंगलवार बिहान १०.३० बजे कोलकाताको ठाकुरबारी जोरासांमा पुगेर शाहले गुरूदेव रवीन्द्रनाथ टैगोरको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नेछन्।त्यसपछि उनले दिउँसो १२ बजे उत्तर २४ परगना जिल्लामा ल्याण्ड पोर्ट अथोरिटी अफ् इण्डिया औ बीएसएफका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्।गृहमन्त्री शाहले साइन्स सिटी कोलकातामा साँझ ४.३० बजे फुल डोम फिल्म ‘ल्यूमिनरीज अफ् बंगाल’ को विमोचन सहित विभिन्न परियोजनाहरूको उद्घाटन गर्छन्।