राज्यपालले गरे जेएनएमआईएच र वृद्ध आश्रमको भ्रमण

IMG-20230508-WA0268.jpg

गान्तोक: दक्षिण जिल्लाको तीन दिवसीय भ्रमणमा रहेका राज्यका राज्यपाल लक्ष्मण प्रसादले आज जवाहारलाल नेहरू मेमोरियल इन्सटीट्यूट (जेएमएमआई) दृष्टिविहिन विद्यालय र बुमटारमा सञ्चालित वृद्ध आश्रमको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालसँग दक्षिण जिल्लाका जिल्लापाल एम भरानी कुमार लगायत विभिन्न विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा दृष्टिविहिन विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको अनुकरणीय गीतको प्रशंसा गर्दै सबै शिक्षक साथै विद्यार्थीहरूलाई बधाई साथै शुभकामना दिए।

उनले दृष्टिविहिन विद्यार्थीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरेकोमा जिल्ला अधिकारीहरूको प्रशंसा गरे। यसै क्रममा उनले विद्यार्थी र वृद्ध आश्रमका वरिष्ठ नागरिकहरूसँग अन्तक्रिया पनि गरे। यसका साथै राज्यपालले विद्यार्थी र ज्येष्ठ नागरिकलाई मायाको प्रतिकको रूपमा आवश्यक सुविधा र सहयोग पनि प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement