मनिपुरमा फँसेका १२८ जना विद्यार्थी सुरक्षित सिक्किम आइपुगे

IMG-20230508-WA0267.jpg

गान्तोक: राज्य सरकारद्वारा शुरू गरेको अपरेशन गुराँस अन्तर्गत मनिपुर राज्यमा फँसेका १२८ जना विद्यार्थीहरू आज गान्तोक आइपुगे। उनीहरूलाई आज सिलगढीबाट एसएनटी बसमा सोझै गान्तोक ल्याइयो। सिक्किम ल्याउने क्रममा रम्फूको पर्यटन गृहमा स्थानीयहरूले स्वागत जनाए। उल्लेखनीय छ, मनिपुर राज्य केही दिनदेखि अशान्त बनेकोपछि त्यहाँको स्थितिलाई ध्यानमा राख्दै राज्य सरकारले उनीहरूलाई सिक्किम ल्याएको हो। मनिपुर राज्य अशान्त बनेपछि राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तर मनिपुर राज्यका मुख्यमन्त्री साथै प्रशासनसँग सम्पर्क गरेर सिक्किमका विद्यार्थीहरूको सुरक्षाको माग गरेका थिए। यसरी नै राज्यका मुख्य सचिव भीबी पाठको नेतृत्वमा एक उच्चस्तरीय सभा सम्पन्न भएको थियो।

उक्त सभामा राज्यका विद्यार्थीहरूलाई सुरक्षित फर्काइ ल्याउनको निम्ति अपरेशन गुराँस गठन गरिएको थियो। त्यसपछि राज्यको प्रशासनबाट पनि मनिपुर राज्यका मुख्य सचिव लगायत विभिन्न विभागका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरेपछि अन्ततः उनीहरूलाई सिक्किम ल्याउन सफल बनेको छ। यसरी आफूहरुलाई सुरक्षित राज्यमा ल्याएकोमा विद्यार्थीहरू साथै अभिभावकवर्गले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ प्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement