इम्फाल: हिंसा प्रभावित मणिपुरमा सेना र असम राइफल्सका जवानहरूले मानवरहित हवाई वाहन (यूएवी) र हेलीकप्टरद्वारा हवाई निगरानी गरिरहेका छन्। सेना र असम राइफल्सले स्थितिलाई सामान्य बनाउनका लागि जोडतोडले काम गरिरहेको छ। जवानहरूले मानवीयता र मानिसहरूको सुरक्षाको निम्ति फ्ल्याग मार्च गरिरहेका छन्। सेनाले सोमवार जानकारी गराएको छ, सेना र असम राइफल्सका एक सयभन्दा धेरै कलमले गत ९६ घण्टाभन्दा अधिक समयदेखि अथक रूपमा काम गरिरहेका छन्। सेनाले मणिपुरमा सम्पत्ति र मानिसहरूको निगरानीको निम्ति विमान निरीक्षण तीव्र गरेको छ। उल्लेख्य गत ३ मईदेखि राज्यमा शुरू भएको हिंसाको कारण व्यापक स्तरमा सम्पत्तिको नोकसान भएको छ। यस हिंसामा ५० भन्दा धेरै मानिसहरूको मृत्युको खबरहरू पनि आएको छ। राज्यका ८ जिल्लामा कर्फ्यू लगाउनका साथै इन्टरनेट सेवालाई बन्द गरिएको थियो। राज्यको स्थिति अहिलेपनि संवेदनशील बनेको छ। यद्यपि, अब कतैबाट पनि कुनै अप्रिय घटनाको समाचार आएको छैन।