दार्जीलिङ: ‘भष्ट्रचार गर्न नपाउँदा उनीहरू अन्य राजनैतिक दलमा गएको हो तर जनता गएको छैन’ यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।रेलिङ कैजले समष्टि अन्तर्गत दंगिया बस्ती आदि क्षेत्रको भ्रमणमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स निस्केका थिए।यस अवधि उनलाई पत्रकारहरूले सोधेको जवाफमा भष्ट्रचार गर्न नपाउदा उनीहरू अन्य राजनैतिक दलमा गएको हो तर जनता गएको छैन भन्ने पूनः दोहोराए। उनले थप बोल्दै भने हामीले जो कुराहरू भन्दैछौ त्यसको प्रमाणहरू पनि दिदैछौ,कतिपय निर्वाचित नेतृत्वहरू विक्री हुदैछ भनेको थियो, त्यसको प्रमाण सवैले पाए,नामकंन पत्र दर्ता गर्दा असली कुरा लुकाएको छ भनेर भनेका थियौ त्यो पनि प्रमाणित भयो, टेट परिक्षा झूठो हो भनेका थियौ त्यसको सत्यता विस्तार विस्तार बाहिरो आउँदैछ,फर्जी टेट परिक्षा गराउने योजना बनाउदा सामेल हुने मानिसहरूलाई पनि पत्रकारहरूले सोध्ने अध्यक्ष एडवाडर्सले आहवान गरयो। विपक्षीहरूले हाम्रो पार्टी र मेरो बदनाम गर्नलाई विभिन्न प्रकारको इशु बनाई रहेको छ तर आजसम्म यस क्षेत्रमा कसैले बाटो समेत खन्ने कार्य गरेको थिएन, हामीले यहाको बासिन्दाहरूको सहयोगमा बाटोको खन्न कार्य पूरा गरेका छौ, विपक्षीहरू हाम्रो पछि लागि रहोस तर हामी जनहितको कार्यहरू गरी रहने छौ अध्यक्ष एडवाडर्सले भने। हामी पराजय भयौ तर हामीले गरेको वाचाहरू पूरा गरेर देखाएका छौ, पहाडको समस्त जनता जर्नादाहरूले चूनावको अवधि नेताहरूले आफ्नो भाषण के के भन्दै भोट मांगेका थिए तर आज सम्म उनीहरूले आफ्नो वचन पूरा गरेको छ की छैन त्यो सोध्नु पर्छ।बंगाल विधानसभामा राज्यको एक जिम्मेवार मंत्रीले नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी भन्दा चूप लागेर बस्नेहरूको नियतमाथि सोच्नु पर्छ। चूनाव आउँछ जान्छ तर हामी हाम्रो संघर्ष लाई जारी राख्ने छौ,बंगालदेखि उन्मुक्ति गर्ने हाम्रो लक्ष्य हो, यसको लागि हामी लागि पर्ने छौ अध्यक्ष एडवाडर्सले भने।