दार्जीलिङ: आफ्नो गलतीलाई स्वीकार्ने अनि सवैको परामर्श लिएर काम गर्ने नेता भनेको नै अजय एडवाडर्स हो भन्ने मन्तव्य हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङले पोखेको हो। रेलिङ कैजले समष्टि अन्तर्गत पर्ने दंगिया बस्तीमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको थियो भने यस सभामा पार्टी अध्यक्ष अजय एडवाडर्स उपस्थित रहेका थिए।त्यसरी नै पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,उपाध्यक्ष रोवर्ट छेत्री, सभासद एंव सहसचिव प्रतीम सुब्बा, केन्द्रीय कमिटि सदस्य राजु सुब्बा, समष्टि कोअर्डिनेटर अनित सुब्बा, लेबुङ बदमताम समष्टि संयोजक साकाल देवान, दंगिया शाखा अध्यक्ष अमित छेत्री आदि उपस्थित रहेका थिए।