एडवाडर्सद्वारा बाटोको निरीक्षण

IMG-20230508-WA0244.jpg

सबैको सहयोगमा बाटोको खनन् कार्य पूरा गर्नमा हामी समक्ष भयौं: अजय एडवाडर्स

दार्जीलिङ: हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स रेलिङ कैजले समष्टीको बाटोको निरीक्षण गरेका छन्। रेलिङ कैजले समष्टिको ग्रामीण क्षेत्रहरूमा बाटो खनन् कार्यको निम्ति हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गत २०२२ को दिसम्बर महिनाको दोस्रो सप्ताहदेखि जेसीपी प्रदान गरेका थिए। यस अवधि रेलिङ कैजले समष्टिको विभिन्न गाउँहरूमा बाटो जोड्ने काम गरी सकेको छ। आज ती गाउँहरूमा खनन गरिएको बाटोहरूको निरीक्षण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स पुगेका थिए। यस अवधि सभासद प्रतिम सुब्बा, समष्टि अध्यक्ष अनित सुब्बा आदि उपस्थित रहेका थिए। यसै क्रममा आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, रेलिङ कैजले समष्टि अन्तर्गत पर्ने बोखिम गाउँदेखि लाक्पाटार, थापा गाउँ, दंगिया हुँदै दंगिया खेल मैदानसम्म पुग्ने बाटोको निरीक्षण कार्य गरेका छन्। यस अवधि स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय गाउँलेहरूको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई खदा माला लगाएर भव्य स्वागत जनाएका थिए साथै खनन् कार्य पूरा भएका बाटोको रिबन काटेर उदघाटन गर्ने अनुरोध पनि गरिएको थियो।यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उपस्थित भीडको अघि ईश्वरलाई प्रार्थना गर्दै भने, धन्यबाद छ भगवान यो बाटो यतिको स्थितिसम्म बनाउने हामी समक्ष भएका छौं अनि गोर्खा एकताको कारणले गर्दा यो बाटोको खनन कार्य पूरा भएको छ। करोडौं रूपियाँको लगानीमा हुने काम गोर्खा एकताको कारणले सजिलैसंग पूरा भएको छ। हामी बाटोको खनन् कार्य गर्न मात्र सक्छौं। यी ग्रामीण क्षेत्रहरूमा एक इञ्जीको अलकत्रको बाटो निर्माण गर्ने हाम्रो क्षमता छैन। ४० वर्षभन्दा धेर भईसक्यो। भगवान यी ग्रामीण क्षेत्रहरूमा विकासको कार्यहरू हुन सकेको छैन। पहाडको ग्रामीण क्षेत्रहरूमा विकास पुग्न सकेको छैन। यी बाटोको खनन् कार्य गर्नमा हामी लगायत गाउँलेहरू साथै अन्य संघ संस्थाहरूले पनि सहयोगको हात बडाएको छ। यस क्षेत्रलाई जोड्न पूल निर्माणको पनि जरूरत छ। खनन कार्य पूरा भई सकेको यी बाटोहरूमा अलकत्र विछाउन, बाटोमा नालाको निर्माण गर्न अझ बाँकी नै छ। यी सबै विषयहरू आउने दिनहरूमा तपाईले पूरा गरिदिनु होस्।’

यसै सन्दर्भमा रेलिङ कैजले समष्टिको हाम्रो पार्टी को-अर्डिनेटर एंव केन्द्रीय कमिटि सदस्य अनित सुब्बाले भने, लाक्पाटारदेखि दंगिया खेल मैदानसम्म बाटोको खनन कार्य पूरा भएको बताए। यस क्षेत्रमा जन साधारणहरूले विगत धेरै वर्ष अघिदेखि बाटोको निर्माण कार्य हुनुपर्छ भन्ने मांगहरू गर्दै आईरहेका थिए। गत जीटीए सभाको चुनाव अघि हामीले पनि जनता समक्ष यस क्षेत्रमा बाटोको निर्माण गर्ने वचन दिएका थियौं।जीटीए सभामा हाम्रो पार्टी सत्तामा नआए पनि हामीले हाम्रो वचनलाई पूरा गर्ने काम गरेका छौं।’

उनले अघि भने, हामी बाटोको खनन कार्य गर्न सक्छौं। तर अलकत्रे बाटोको निर्माण गर्न सक्दैनौं अनि यो हाम्रो वंशको विषय पनि होइन तर यो रातो बाटोले पनि स्थानीय वासिन्दाहरूलाई धेरै सहयोग पुगेको छ। यो बाटोले यस क्षेत्रका बासिन्दाहरूसंग संगै तामसाङ कमानको बासिन्दाहरूलाई पनि धेरै सहयोग पुगिरहेको छ। उनीहरू बिजनबारी बजारबाट राशन सौदा आदि लिन आउँछन् अनि यो बाटो भएर उनीहरू आरामसंगले आफ्नो गाउँ एंव घर पुग्न समक्ष भईरहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement