नरेन्द्र मोदी र ममता ब्यानर्जी एक सिक्काका दुई पाटा-मोहम्मद सलीमले

Screenshot_20230508_171810_WhatsApp.jpg

सिलगढी: सिलगढीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा सीपीआई (एम) नेता मोहम्मद सलीमले नरेन्द्र मोदी र ममता ब्यानर्जीलाई एउटै सिक्काका दुई पाटा भएको बताए। मोहम्मद सलीमले राज्यको सत्तारुढ दल तृणमूल कांग्रेस र केन्द्रको भाजपा सरकारको कडा आलोचना गरे। सिलगढी-सीपीआईएम राज्य सचिव मोहम्मद सलीमले पञ्चायत चुनावसहित राज्यमा सत्तारुढ दल तृणमूल कांग्रेसमाथि अभिषेक ब्यानर्जीको जनसम्पर्क कार्यक्रमलाई लिएर एकपछि अर्को गर्दै प्रश्न उठाउँदै आएका छन्। सोमबार सिलगढीको अनिल विश्वास भवनमा आयोजित पत्रकार सम्मेलनमा मोदी, शाह र ममतामाथि हमला गर्दै उनले भने, ‘सबै गोलकर्ता गुरु हुन्। तृणमूलको नवजोर कार्यक्रमको मुद्दा पनि उठाउदै उनले अभिषेक ब्यानर्जीलाई व्यंग्यात्मक स्वरमा भने, ‘मोदीको नक्कल गर्दै छोटा मोदी बन्ने प्रयास जारी छ’।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement