खरसाङ प्रीमियर लीग: यूकेएफसीको साथमा मिक्स्ड अप् बोइज, युनाइटेड दिलाराम र नयाँ बस्ती एफसी सेमिफाइनलमा

photocollage_202358202734966.jpg

८ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगिताको तेस्रो दिन सोमवार चाँदमारी खेल मैदानमा दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा सेण्ट मेरीज स्पोर्टिंग क्लबको टीम तोकिएको समयमा नआउँदा गोथल्स साइडिंग युथ क्लबले वक्ओभर पाएर ३ पोइण्ट हासिल गऱ्यो। यसरी नै हिल फूटबल एकाडमी र मिक्स्ड अप् बोइजबीच खेलिएको दिनको दोस्रो म्याच २-२-ले ड्र रह्यो। हिल एफए-बाट कुनाल तामाङ र अनिकेत तामाङले गोल गरे। यसरी मिक्स्ड अप् बोइजबाट दुवै गोल अल्केश तामाङले गरे। आजको तेस्रो तथा अन्तिम म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले आईटीआई टुंगलाई ९-०-ले पिट्यो। यसरी ग्रुप चरणको समापनपछि यूकेएफसीको साथमा मिक्स्ड अप् बोइज, गत सीजनको च्याम्पियन युनाइटेड दिलाराम र नयाँ बस्ती एफसी-ले सेमिफाइनलमा स्थान बनायो। दुईवटा सेमिफाइनल म्याच ९ मईमा खेलिनेछ। यसरी फाइनल १० मईमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement