राज्यमन्त्री चौबे अन्तरराष्ट्रिय योग दिवसको अवसरमा हुने योग दिवस कार्यक्रममा मुख्य अतिथि रहने

photocollage_2022620232030667.jpg

गान्तोक। केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन तथा उपभोक्ता मामिला एवं सार्वजनिक वितरण राज्यमन्त्री अश्विनीकुमार चौबे अन्तरराष्ट्रिय योग दिवसको अवसरमा गान्तोकमा आयोजन हुने योग दिवस कार्यक्रममा मुख्य अतिथि रहनेछन्। कैयौं केन्द्रिय मन्त्री योग दिवसको अवसरमा विभिन्न राज्यमा उपस्थित रहनेछन्। यस क्रममा केन्द्रिय राज्यमन्त्री चौबे गान्तोकको कार्यक्रममा सहभागी बन्ने जानकारी पीआईबीले दिएको छ।

योग दिवसको पूर्वसन्ध्यामा राज्यमन्त्री चौबेले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्व अनि मार्गदर्शनमा योग भारतमा मात्र नभएर सम्पूर्ण विश्वमा लोकप्रिय बनेको बताएका छन्। मानिसकहरू योगबारे जागरूक बन्दै स्वस्थ रहन नियमित रूपमा योग अभ्यास गर्न थालेको उनले बताएका छन्। अरू धेरै सङ्ख्यामा मानिसहरूलाई योगसँग जोड्न आजादीको अमृत महोत्सवको अवसरमा योग दिवस अरू भव्य रूपमा मनाइनेछ। यस कार्यक्रममा सबैलाई सहभागी बन्दै योगलाई जीवनको एक अङ्ग बनाउन केन्द्रिय राज्यमन्त्री चौबेले आह्वान जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement