के-लीगः बोंग स्पोर्टिंग क्लबको नेटमा युनाइटेड ब्रदर्सको आधा दर्जन गोल

photocollage_202358193758779.jpg

८ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा खिताब जित्ने प्रबल दावेदार युनाइटेड ब्रदर्सले एकतर्फी जीत हासिल गऱ्यो । स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको म्याचमा युनाइटेड ब्रदर्सले बोंग स्पोर्टिंग क्लबलाई ६-१-ले पिट्यो । म्याचमा विजेता टीमबाट सौरभ तामाङ र बसन्त राईले २-२ गोल गरे। यसबाहेक सोनम लेप्चा र देवाशिष राईले १-१ गोल गरे। युनाइटेड ब्रदर्सका डिफेण्डर समिप गुरुङले दुर्भाग्यवश आत्मघाती गोल गर्दा बोंग एससी-ले हारको अन्तरलाई कम्ती गऱ्यो। बसन्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। मंगलवार दुईवटा म्याच खेलिनेछ। दिउँसो १ बजीदेखि खेलिने पहिलो म्याचमा शेयर एफसी र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। यसरी दिउँसो ३ बजीदेखि दोस्रो म्याच हिमालश्री एथलेटिक क्लब र नादोङ भूटिया एफए-बीच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement