सांगली: महाराष्ट्रको सांगलीमा एकै परिवारका ९ जनाको शव घरमा भेटिएपछि पूरै क्षेत्रमा सनसनी मच्चिएको छ। घटना राजधानी मुम्बईबाट ३५० किलोमिटर टाढा सांगली जिल्लाको म्हैसलको हो। ऋणको बोझका कारण आत्महत्या गर्ने आशंका पुलिसले गरेको छ। सामूहिक आत्महत्याको यो घटनाले क्षेत्रमा त्रासको वातावरण छ। मृत्यु हुने सबै डाक्टर परिवारका थिए।
घरमा शव देखेपछि छिमेकीले तत्काल पुलिसलाई खबर गरेका थिए। त्यसपछि पुलिसले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। अहिले ऋणको बोझले परिवारका सदस्यले आत्महत्या गरेको हुन सक्ने पुलिसले आशंका गरेको छ। समाचारअनुसार सबैले विष सेवन गरी आत्महत्या गरेका हुन्। शुरुमा यो परिवार आर्थिक समस्याले नराम्ररी घेरिएको थाहा पाएपछि सबैले यो आत्महत्याको कदम चालेका हुन्। घटनाका सम्बन्धमा सांगलीका पुलिस उपरीक्षक दीक्षित गेडामले एकै ठाउँमा तीन र घरका विभिन्न ठाउँमा छ जनाको शव भेटिएको बताए। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने अधिकारीले बताए।