साउथ कोलनीको मजदुर बस्तीका मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेछन्

Screenshot_20230508_180936_Samsung-Internet.jpg

सिलगढी: फुलबारी १ नम्बर ग्राम पञ्चायत अन्तर्गत एनजेपी साउथ कोलनीको मजदुर बस्तीका मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। यसबारे प्रशासनले कुनै पहल गरेको छैन। प्राप्त जानकारी अनुसार धेरै दिन अघिदेखि इलाकामा पिउने पानीको समस्या रहेको छ। गत पञ्चायत चुनाउअघि फुलबारी १ ग्राम पञ्चायतको तर्फबाट यस इलाकामा केही कुवा बनाइदिएको थियो। धेरै समयदेखि उक्त कुवाको मरमति नगरेको साथै इलाकामा जल निकासी व्यवस्था राम्रो नभएकोले ड्रेनको मैला पानी कुवमा पस्ने गरेकोले उक्त कुवाको पानी पिउन नहुने इलाकावासीहरूले बताए। उक्त कुवाको पानी खाएर धेरैजना नानीहरूलाई भुँडी दुख्ने समस्या भइरहेको छ। यसबारे बारम्बार पञ्चायत प्रधानलाई लिखित रूपमा अवगत गराए तापनि कुनै पहल गरेको छैन। यस विषयमा पञ्चायत प्रधान नमिता करातीले भनिन्, यसबारे आफूहरूलाई अवगत रहेको साथै गत वर्ष कुवाहरू सफा गरिएको थियो। चाँडै उक्त समस्याको समाधान गरिने तिनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement