तस्करी गर्न अगावै ४९ वटा भैंसी उद्धार

17-38-31-Capture3-4.png

फाँसीदेवा: आज ४९ वटा भैंसी सहित तीनजना तस्करलाई पक्राउ गरेपछि आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो । पक्रा परेकाहरूमा मनतोष कुमार राय, पप्पु एमडी, विप्लव सरकार सामेल छन्। प्राप्त जानकारी अनुसार विधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा फाँसीदेवा ब्लकको मुरालीगञ्ज चेकपोस्टमा अभियान चलाएर एउटा ट्रक र २ वटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा ४९ वटा भैंसी उद्धार गरेको बताइएको छ। घटनामा ३ जना चालकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ट्रकबाट ३३ वटा भैंसी अनि २ वटा पिकअप भ्यानबाट १६ वटा गरेर मोठ ४९ वटा भैंसी उद्धार गरेको छ। उद्धार गरेको भैंसी उत्तर दिनाजपुरबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement