सिलगढी: कोलकाता र शान्तिनिकेतन लगायत सिलगढीमा पनि धुमधामको साथमा रवीन्द्र जयन्ती पालन गर्ने नगरनिगमले पहल गरेको छ। कवि गुरू रवीन्द्रको १६२औं जन्म जयन्तीको अवसरमा १६२ जना कलाकारले एकसाथ गीत गाउनेछन् भने दिनभरिने विविध कार्यक्रमको आयोजना गरिने भएकोले यसको तयारी युद्धस्तरमा चलिरहेको छ। नगरनिगमका कर्मचारीहरूले आज बिहानैदेखि सिलगढीको बाघाजतीन पार्क मैदानमा रवीन्द्रनाथको सालिगको साफ- सफाई गरे। रवीन्द्रनाथको सालिगमा माल्यार्पण गरेपछि प्रभात फेरीको माध्यमद्वारा कार्यक्रम शुरू गरिनेछ। यस अवसरमा सिलगढीका मेयर गौतम देव लगायत विभिन्न सांस्कृतिक जगतका कलाकारहरू उपस्थित रहनेछन्।









