गम्भीर निम्न दबाउमा परिणत भयो चक्रवात, तापक्रममा पनि बढ़ोतरी जारी

Untitled-1-copy-66

कोलकताः महानगर कोलकतासहित राज्यका अन्य ठाउॅंहरूमा चक्रवात मोचाको संकटबीच मौसममा अनौठो परिवर्तन देखिॅंदैछ। सोमवार मौसम विभागले कोलकताको तापक्रम ४० डिग्री छेउ ३८.४ डिग्री सेल्सियस पुगेको बताएको छ, जुन सामान्यभन्दा चार डिग्री धेरै हो। यद्यपि, न्यूनतम तापक्रम २८.७ डिग्री सेल्सियस रहेको छ।

सोमवार बिहान बंगालको खाडीमा बनेको चक्रवात निम्न दबाउमा परिणत बनेको छ। मौसम विभाग अनुसार, २४ घण्टाभित्र यो अझ बलियो निम्न दबाउ बन्नेछ जसकारण मंगलसार सॉंझदेखि यो चक्रवातको रूपमा समुद्र तटीय क्षेत्रहरूमा बढ्नेछ। यसको प्रभाव पश्चिम बंगाल मात्र होइन तर ओडिशा, आन्ध्र प्रदेश, झारखण्ड र बिहारमा पनि पर्नेछ।

बुधवार कोलकताका साथै हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा ७० देखि ८० किलोमिटर तथा कतै-कतै १०० किलोमिटरको वेगले हावा चल्न सक्छ। यसका साथै बिजुली चम्किनुका साथै भारी वर्षा पनि हुनेछ। माछा मार्नेहरूलाई समुद्रबाट फर्किन अलर्ट जारी गरिएको छ। आज सॉंझदेखि यसको प्रभाव देखिन थाल्नेछ र तटीय क्षेत्रहरूमा पानी पर्न शुरू हुनेछ। चक्रवातको प्रभाव ७२ घण्टासम्म रहनेछ। बिहिवारदेखि मौसममा परिवर्तनको सम्भावना छ।

About Author

Advertisement