रिनाक। आगामी १३ जुलाईको दिन प्रत्येक वर्ष झैं यस वर्षपनि धुमधामसँग रिनाकमा २०८औं भानु जयन्ती मनाउन स्थानीय विश्व विनायक मन्दिर परिसरमा एक सभा १९ जूनको दिन सम्पन्न भयो। रूङदुङमा नवगठित साहित्य कला समाज सिक्किमको ब्यानरमा आयोजन गरिने भानु जयन्तीको निम्ति एससीसीएसका अध्यक्ष सन्तोष कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा भानु जयन्ती समारोह समितिको पनि गठन गरियो, जसमा प्रमुख संरक्षकको रूपमा क्षेत्रका विधायक विष्णु कुमार खतिवड़ा, संरक्षक सन्तोष कुमार प्रधान, संयोजक डीबी छेत्री,सह संयोजक डिल्लीप्रसाद अधिकारी लगायत अन्यहरूलाई मनोनित गरिएको छ। कार्यक्रममा शोभा यात्रा, रामायण पाठ, कविता पाठ, तर्क प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ।