मिथ्स अन् इलेक्ट्रोमेगनिटीक रेडियसनमाथि कार्यशाला सम्पन्न

IMG-20220620-WA0134.jpg

गान्तोक। भारत सरकारको टेलिकम्युनिकेसन विभाग र सिक्किम सरकारको पहलमा आज राजधानीस्थित एक होटलमा मिथ्स अन् इलेक्ट्रोमेगनिटीक रेडियसनमाथि एक कार्यशाला आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै ग्रामीण प्रवन्धन विकास विभागका प्रधान सचिव सीएस रावले डीओपी र टीसपीले अहिलेसम्म राज्यमा गर्दै आइरहेको कामको सराहना गरे।

रेडिएसनमाथि गाउँलेहरूको प्रतिक्रियालाई कार्यक्रममा प्रस्तुत गर्दै गाउँका मानिसहरू रेडिएसनको कारण स्वास्थ्य खराब हुन सक्ने मानसिकता लिएको हुनाले यसबारेमा स्पष्ट पार्नु पर्ने आग्रह गरे। उनले बताए अनुसार रेडिएसनले गर्ववती महिलाहरूको स्वास्थ्यमा असर पार्न सक्ने कुरामा गाउँहरूले विश्वास राखेको अवगत गराए। यदि यस विषयमा गाउँलेहरूलाई सचेत गराउन सकेको खण्डमा उनीहरूको गाउँमा जडान गरिएको मोबाइल टावरसँग नडराउने बताए।

About Author

Advertisement