मोबाइल चोरी गर्दै गर्दा एक युवक पक्राउ

86c61fee-62ce-4249-8769-e32d63eea1d5

सिलगढी: सोमबार बिहान रंगपानी बजार क्षेत्रमा मानिसहरूले एक मोबाइल चोरलाई रंगेहात पक्रेर पुलिसलाई दिए। रंगपानी बजारमा एउटा सानो तीनपाङ्ग्रे गाडी पार्किङ गरी गाडीभित्र मोबाइल राखिएको बताइएको छ। एक युवकले गुपचुप फोन लिएर भाग्न खोजेपछि स्थानीयले युवकलाई रंगेहात समातेका थिए। त्यसपछि घटनाबारे पुलिसलाई जानकारी गराइएको थियो। रंगपानी चौकीका पुलिस घटनास्थलमा पुगेर अभियुक्तलाई पुलिस चौकीमा लगेका थिए। यस विषयमा अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement