भारत: कोभिड-१९ अपडेट

Corona-1-copy

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो खोप र २२.८७ करोड सावधानी खोप) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ४३९ वटा खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या २५ हजार १७८ छl सक्रिय मामला दर ०.०६ प्रतिशत छ भने हालको स्वस्थ दर ९८.७६ प्रतिशत छl पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६१ जना स्वस्थ भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ लाख ४४ हजार ५९९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८३९ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर २.४९ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला दर २.१७ प्रतिशत छl हालसम्म ९२.७७ करोड परीक्षण भइसकेको छ अनि पछिल्लो २४ घण्टामा ७३ हजार ७६० परीक्षण गरिएको छl –पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *