गैर-मान्यता प्राप्त पंजीकृत राजनीतिक दलहरू माथि चुनाव आयोगद्वारा कारबाही

IMG_20220620_222425.jpg

नयाँ दिल्ली:  चुनाव आयोगले एकपल्ट फेरि गैर-मान्यता प्राप्त पंजीकृत राजनीतिक दलहरू (आरयूपीपी) माथि कारबाही गरेको छ। आयोगले आज १११ चुनाव आयोगको तर्फबाट जारी विज्ञप्ती अनुसार, यी १११ आरयूपीपीले आफ्नो ठेगानामा बदलावको सूचना आयोगलाई दिएको थिएन। आयोग अनुसार यी १११ आरयूपीपीको ठेगानामा पठाइएको संवाद फर्केको आएको छ। यद्यपि, आयोगले भनेको छ, यसबाट प्रभावित कुनैपनि राजनीतिक दलले सम्बन्धित चुनाव अधिकारी र आयोगसित ३० दिनभित्र सम्पर्क गर्नसक्छ। उल्लेख्य, चुनाव आयोगले २५ मईमा ८७ आरयूपीपीलाई पञ्जीकरणसित जुड़ेको सूचीबाट हटाएको थियो।

आयोगले वित्तीय वर्ष २०१७-१८, २०१८-१९ र २०१९-२० मा योगदान रिपोर्ट प्रस्तुत नगरेकोमा क्रमशः १८९७, २२०२ र २३५१ आरयूपीपीको एक सूची पनि अघिको कारबाहीको निम्ति राजस्व विभागसित साझा गरिएको छ। अनिवार्य योगदान रिपोर्ट प्रस्तुत नगरी आयकर छूटको दाबी गर्ने ६६ आरयूपीपीको सूचीलाई पनि राजस्व विभागको साथ साझा गरिएको छ।

About Author

Advertisement