नेपाली नागरिकता लिएर व्यवसाय गर्ने १० भारतीय पक्राउ

aa1b9177-54a7-438b-a575-ed71c14203bf

काठमाण्डौंः नेपाली नागरिकता लिएर व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राऊ गरी आज रविवार सार्वजनिक गरेको छ। उनीहरू सबै भारतको उत्तर प्रदेश बलिया जिल्लाका भएको प्रहरीले खुलाएको छ। नेपालको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराए अनुसार पक्राउ परेकाहरूले नक्कली कागजात पेश गरी विभिन्न जिल्लाबाट नेपाली नागरिकता लिएका थिए।

अभियुक्तहरूले नेपाली नागरिकता लिई घरजग्गा समेत खरिद गरेको प्रहरीले खुलाएको छ। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश बिहार जिल्ला वलिया घर भएका भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक रहेको प्रहरीको अपराध अनुसन्धानका सूचना अधिकारी रविन्द्र रेग्मीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement