आईपीएल २०२३: रोमाञ्चक म्याचमा ४ विकेटले विजयी सनराइजर्स हैदराबाद

IMG-20230507-WA0351.jpg

७ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५२औं म्याचमा सनराइजर्स हैदराबादले गत सीजनको उपविजेता राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरी प्लेअफ्-को सम्भावनालाई जीवित राख्यो। जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनायो। ओपनर जोस बटलरले १० वटा चौका र ४ वटा छक्काको साथ ५९ बलमा सर्वाधिक ९५ रन बनाए। यसबाहेक कप्तान सञ्जु सेमसनले ५ वटा छक्का र ४ वटा चौकाको साथ ३८ बलमा अविजित ६६ रन बनाए। यी दुई बाहेक ओपनर यशस्वी जयसवालले ३५ रनको योगदान दिए। जवाफमा सनराइजर्सले ईनिंग्सको अन्तिम बलसम्म चलेको रोमाञ्चक लड़ाइँपछि २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएर म्याच जित्यो।

ओपनर अभिषेक शर्माले ५ वटा चौका र २ वटा छक्काको साथ ३४ बलमा सर्वाधिक ५५ रन बनाए। यसबाहेक राहुल त्रिपाठीले ४७, अनमोलप्रीत सिंहले ३३, हेनरिक क्लासेनले २६ र ग्लेन फिलिप्सले २५ रन बनाए। अन्तमा अब्दुल सामदले २ वटा छक्काको साथ ७ बलमा अविजित १७ रन बनाएर सनराइजर्सलाई यादगार जीत दिलाए। राजस्थान रोयल्सका बलरहरूमा स्पिनर युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement