पाक्योङमा मेगा स्वास्थ्य शिविर

IMG-20230507-WA0345.jpg

गान्तोक: सिक्किम सरकारी नर्स वेलफेयर एसोसिएसनसँगको सहकार्यमा अखिल नर्सिङ फ्रेटरनिटी एसटीएनएम अस्पताल, सोचेगाङले आज पाक्योङ सामुदायिक हलमा हाम्रा नर्सहरू, हाम्रो भविष्य भन्ने नाराका साथ स्वास्थ्य शिविरको आयोजना गर्यो।
आधारभूत चिकित्सा उपचारको पहुँच नपुगेका र आफूलाई लाग्ने रोगबारे जानकारी नभएका स्थानीयमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न शिविर गरिएको हो। सहभागी डा उगेन भोटिया, डा सीएस राई, डा. डीपी राई, डा. पाल्देन वाङ्चुक भोटिया डा जिग्मी भोटिया, डा. पेगी, डा. नाम्गे भोटिया र डा. पेमा चोकी अनि डा. विष्णु सत्य थिए। शिविरमा कुल २४२ ओपीडी बिरामी र पाक्योङ वरपरका ६७ रगत आरबीएस परीक्षण र त्यसपछि निःशुल्क औषधि वितरण गरिएको थियो।

सिक्किम सरकारी नर्स वेलङ्गेयर एसोसिएसनले माजप्रतिको निस्वार्थ प्रतिबद्धताका लागि डाक्टर बिरादरीलाई सम्मान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement