७ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५१औं म्याचमा गुजरात टाइटन्सले लखनऊ सुपर जाइण्ट्सलाई ५६ रनले पराजित गऱ्यो। अहमदाबादमा आइतवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले २० ओभरमा २ विेकेट गुमाएर २२७ रन बनायो। ओपनर शुभमन गिलले ७ वटा छक्का र २ वटा चौकाको साथ ५१ बलमा अविजित ९४ रन बनाए। उनका ओपनिङ्ग जोड़ीदार रिद्धिमान साहाले १० वटा चौका र ४ वटा छक्काको साथ ८१ रन बनाए। यी दुईले पहिलो विकेटको निम्ति १२.१ ओभरमा १४२ रनको पार्टनरशीप गरे। कप्तान हार्दिक पाण्ड्याले २५ र डेविड मिलरले अविजित २१ रन बनाए। जवाफमा लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। विकेटकीपर क्विण्टन डी ककले ७ वटा चौका र ३ वटा छक्काको साथ ४१ बलमा ७० रन बनाए। यसबाहेक काइल मायेर्सले ७ वटा चौका र २ वटा छक्काको साथ ४८ रन बनाए। डी कक र मायेर्सबीच ओपनिंग विकेटको निम्ति ८.२ ओभरमा ८८ रनको पार्टनरशीप भए पनि टीमले अन्तिम १० ओभरमा लगातार विकेट गुमायो। यी दुईलाई छोड़ेर आयुष बडोनीले २१ रन बनाए। अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। गुजरात टाइटन्सका बलरहरूमा मोहित शर्माले सर्वाधिक ४ विकेट लिए। गिललाई प्लेयर अव् द म्याच चयन गरियो। यस म्याचमा जीतको साथ गुजरात टाइटन्स ११ वटा म्याचमा १६ पोइण्टको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो।










