गान्तोकः सारथी संगठनको पहलमा च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयमा नशालु पदार्थ सेवन, आत्महत्या र नैतिक मूल्यबारे एक दिवसीय परामर्श कार्यक्रम आयोजना गरियो। उक्त कार्क्रममा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज प्रमुख स्रोतवक्ताको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संगठनका अध्यक्ष विकास खरेलले यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे प्रकाश पारे। उनले अहिलेसम्म सारथी संगठनले हासिल गरेको उपलब्धि र भावी योजनाबारेमा पनि विस्तृतरूपमा जानकारी गराए।
यसै क्रममा विद्यालयकी प्रचार्य ममता रानी राईले लागुऔषध दुर्व्यसन, आत्महत्याको खतरा एक चिन्ताजनक विषय रहेको बताउँदै मुख्यमन्त्रीको नेतृत्वमा सारथी संगठनले समयमै हस्तक्षेप गरेकोमा स्वागत जनाइन्। यस अवसरमा प्रमुख स्रोतवक्ता रोहित राज महाराजले विद्यार्थीहरूसँग अन्तक्रिया गर्दै विद्यार्थीहरूलाई नशालु पदार्थबाट बञ्चित राख्नको निम्ति संगठनको पहलमा सबै प्रकारको सहयोग प्रदान गर्न आश्वासन दिए।










