खरसाङमा आँखा जाँच शिविर सम्पन्न

IMG-20230507-WA0311.jpg

खरसाङ: खरसाङको धर्मशाला ट्याक्सी ओपरेटर वेलफेयर सोसाइटीको र रोटरी क्लबको संयुक्त आयोजनामा आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त आँखा जाँच शिविर सोसाईटीको निजी कार्यालयमा सम्पन्न भएको छ। उक्त आँखा जाँच शिविरमा सिलगढी लाइन्स क्लबको अपथोमेटिक शिवम कश्यप र सेन्टर सुपरभाइजर शुक्र मण्डल उपस्थित रहेका थिए। उक्त आँखा जाँच शिविरमा लगभग ५० जनाले आँखा जाँच गराएका थिए। उक्त आँखा जाँच शिविरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा पनि उपस्थित रहेका थिए। उक्त शिविरमा धर्मशाला ट्याक्सी ओपरेटर वेलफेयर सोसाइटीको सभापति अजिज अलि, सचिव प्रनित बल र कोषाध्यक्ष राजेस प्रधान लगायत सदस्यहरू उपस्थित रहेका थिए।

यस आँखा जाँच शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै धर्मशाला ट्याक्सी ओपरेटर वेलफेयर सोसाइटीको सभापति अजिज अलिले हामीले खरसाङमा गरीबहरूको लागि भनेर नि:शुल्क आँखा जाँच शिविर आयोजना गरेको र यसमा धेरैले फाइदा उठाएको जानकारी गराएका छन्। उनले भविष्यमा पनि यस्तो शिविरहरू आयोजना गर्ने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement