गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्य तीन दिवसीय दक्षिण जिल्लाको भ्रमणमा रहेका छन्। तीन दिवसीय भ्रमणको पहिलो दिन आज उनले तिमी चियाबारीको निरीक्षण गरे। यस अवसरमा उनलाई माङलेका आईआरबी जवानहरूले गार्ड अफ् अनरद्वारा सम्मान जनाए। यसपछि उनले तिमी चिया कारखानाको निरीक्षण गर्दै चियापत्ती बनाउने प्रक्रियाबारे जानकारी लिनका साथै कर्मचारीहरूसँग अन्तक्रिया गर्दै उनीहरूको स्वास्थ्य सुविधाबारे जानकारी लिए।

वर्तमान परिपेक्ष्यमा तिमी चिया विश्वको एक प्रसिद्ध चिया बन्न गएको बताए। चियाको सुगन्धमा हाँस्दै, रमाउने हुनुमा मजदुरहरूको मेहनत र लगनरहेको जानकारी बताए। हिमालयको काखमा रहेको तिमी चियाको सौन्दर्यले पर्यटन उद्योगमा धेरै सहयोग पुऱ्याउने राज्यपालले जानकारी गराएका छन्।









