किशनगञ्जः जिल्लाको ठाकुरगञ्ज प्रखण्ड अन्तर्गत पौआखाली थाना क्षेत्रको बाँसबारी वार्ड नम्बर ११ मा तीनजना लगभग दश फीट लामो र तीन फीटभन्दा धेरै मोटाईको माटो भासिन्दा दबे।
जानकारी अनुसार, आइतवार घरेलु कामको निम्ति तीनजना जसमध्ये एक महिला जोहरा, दोस्रो नानी मोरमी र तेस्रो एक नानी माटो खन्न गए, यही अवधिमा अचानक माटो भासिन्दा तीनै जनामाथि माटो झऱ्यो। जब यिनीहरू चिच्याउन थाले तब स्थानीय गाउँलेहरूले आनन-फाननमा कोदालो लिएर घटनास्थलमा दौड़े अनि खनेर तीनैलाई निकाले र आनन-फाननमा उपचारको निम्ति अस्पताल पठाए। जसमा एक महिलाको स्थिति धेरै गम्भीर बताइँदैछ र दुई जना हिँड्न सकिरहेका छैनन्। जसले गर्दा गाउँलेहरूले उनीहरूलाई काखमा उठाएर अस्पताल लगे।









