१०० दिनको मुद्दामा तृणमूलले पीएमलाई एक करोड़ चिट्ठी पठाउने

188921-pucktacbkj-1681028220.jpg

अलिपुरद्वारः तृणमूल कांग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीको केन्द्रमा बंगाललाई दुई वर्षदेखि १०० दिनको रूपियाँ नदिएको आरोप लगाएका छन्। जसपछि अभिषेकले यस मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई घेर्नका लागि एक करोड़ चिट्ठी पठाइने घोषणा गरेका थिए।

अभिषेक ब्यानर्जीको निर्देशमा अलीपुरद्वार जिल्लाको फालाकाटा प्रखण्डको जटेश्वर दुई नम्बर ग्राम पंचायतको मदरसा पाड़ा क्षेत्रमा आइतवार तृणमूल कांग्रेसले चिट्ठी एकत्र गर्ने कार्य शुरू गरेको छ। तृणमूल कांग्रेसका कार्यकर्ताहरूले जटेश्वर दुई नम्बर ग्राम पंचायतको मदरसा पाड़ा क्षेत्रमा शिविर लगाएर १०० दिनको कामका लाभार्थीहरूबाट चिट्ठी एकत्र गर्नु शुरू गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement