निर्दलीय उम्मेद्वार हेमराज सुब्बाको पथसभा सोमबारे बजारमा सम्पन्न

IMG-20220620-WA0109.jpg

गोरुबथान। आज सोमबारको दिन सोमबारे हाटलाई मध्यनजर गरी जिटिए चुनावको निम्ति उभिएका निर्दलीय उम्मेद्वार हेमराज सुब्बाले आज सोमबारे बजार सेन्ट्रल ब्याङक छेउको बस बिसौनीमा पथसभा गरे।यसपटक उनलाई यस जिटिए चुनावमा गोजमुमो ४३ नम्बर समष्टिलेे सघाएका छन्। यस पथसभामा उनले गोरुबथानको सर्वाङ्गीण विकासमको लागि काम गर्ने प्रतिबद्धता जाहेर गरे।सोमबारे बजार दिनोदिन गाडीको घुइचो बचेर गइरहेछ।सोमबारको दिन प्राय नै जामको समस्या लाग्ने गरेको छ।आफुले यस चुनावमा जीत हासिल गरे सबभन्दा पहिले गाडीहरूलाई व्यवस्थित राख्नलाई मोटर स्टयान्डको निर्माण गर्ने पनि उनले बताए। यसै सभालाई सम्बोधन गर्दै गोजमुमो ४३ नम्बर समष्टिका सदस्यगण क्रमैले दीपराज गुरुङ, सुरेश चौधरी,तथा अन्यले पनि सभालाई सम्बोधन गरेका थिए।

About Author

Advertisement