गान्तोकः सिटिजन एक्सन पार्टी (क्याप) मा समावेश हुने मानिसहरूको संख्या लगातार बढिरहेको छ। आज आइतवार पनि केही मानिसहरू पार्टीमा सामेल भएका छन्। पार्टीले जानकारी दिएअनुसार, भारत सरकारको खेल तथा युवा मामिला विभागमा उपनिदेशकको पदबाट भीआरएस लिएका निम थर्पु शेर्पा सिटिजन एक्सन पार्टीमा सामेल भए। लोअर लुम्से स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रम अवधि मुख्य संयोजक गणेश राईले शेर्पालाई पार्टीमा स्वागत जनाएका थिए।
यसरी नै पूर्व सिक्किमको मार्ताम रुम्तेक निर्वाचन क्षेत्रबाट प्रगतिशील कृषक गोपाल छेत्री र साबित्री छेत्री पनि सिटिजन एकेसन पार्टीमा सामेल भएका छन्।










