पासाङ लामा आज जेलमुक्त हुने

IMG-20220620-WA0108.jpg

कालचिनी। विगत ६ फरवरीको दिन मुख्यमन्त्रीको निर्देश अनुसार हेरिटेज सम्पति बेचेर खाएको अपराधिक मामिलामा तत्कालीन तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा पक्राउ भएको आज प्रायः १३४ दिनको जेल जीवनपछि जमानत हुने भएको छ।
आज पासाङ लामालाई अलिपुरद्वार संसोधानागार गृहबाट जमानतमा छोड़िने खबर पाएपछि तिनलाई स्वागत गर्न कालचिनीबाट प्रायः हजारौँ समर्थकहरु अलिपुरद्वार जिल्ला अदालत परिसरमा पुगेका छन् भने पासाङ लामा जेलमुक्त भएर आउने हल्लाले तिनका समर्थकहरूमा खुसीको लहर छाएको छ।

About Author

Advertisement