बनबस्ती बासिन्दाहरुलाई लिएर तृणमूलको सभा

a43f9a03-2311-4874-b5ca-73784dd2ecbe

कालचिनीः डुवर्सको कालचिनी खण्ड अन्तर्गत राजाभातखावाको पानीझोड़ा बस्तीमा आइतबार तृणमूल राजाभातखावा अञ्चलको ब्यानरमा बनबस्ती बासिन्दाहरुलाई लिएर एउटा सभा सम्पन्न भयो। उक्त सभामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइक लगायत तृणमूल जिल्ला चेयरम्यान मृदुल गोस्वामी, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामा, तृणमूल नेता गणेश महली, रञ्जित घोष एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
प्रथमत दलीय झण्डा उत्तोलन गरे पश्चात सांगाठानिक सभा शुरु भएको थियो। सभाले बनबस्ती बासिन्दाहरूको दाबीलाई लिएर राज्य सरकारले धेरै काम गरेको र अब बनबस्ती बासिन्दाहरूको निम्ति एउटा फरेस्ट यूनियन नयाँगरी गठन गरीने र उक्त समय बनमन्त्रीको उपस्थितिमा यूनियन तयार गरिने जानकारी तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement