दार्जीलिङ: शहीद सिध्दान्त छेत्रीलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले श्रध्दाञ्जली चढ़ाएका छन्। गत केही दिन अघि कश्मीरको रजौरी क्षेत्रमा भएको आतंकी आक्रमणमा पाँचजना भारतीय जवानहरू शहीद भएका थिए।जसमा दार्जीलिङको बिजनबारी किजोम बस्ती निवासी सिद्धान्त छेत्री पनि शहीद भएका थिए।शहीद सिद्धान्त छेत्रीको पार्थिव शरीरलाई आज सैनिक सम्मानको साथ उनको जन्मथलो विजनबारी किजोम बस्ती ल्याउने काम भयो।यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि पार्टीको शीर्ष नेतृत्वहरू बिजनबारी रोडमा बसेका थिए अनि शहीद सिद्धान्त छेत्रीको पार्थिक शवलाई श्रध्दाञ्जली चढाएका थिए।

हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले शहीद सिद्धान्त छेत्रीको आत्मा बैकुण्ठ बासको प्रार्थना पनि गरेका जानकारी प्राप्त भएको छ।











