कालचिनी। आज दिउँसो बासरा नदीको बगरमा एउटा शव तरिन्दै गरेको अवस्थामा स्थानीय गोठालोहरूले देखेपछि यसको जानकारी कालचिनी थानालाई दिएको थियो।
घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर उक्त शवलाई उद्धार गरेर थानामा ल्याएपछि यसको परिचय मधु चियाबारी असुर लाईन निवासी कमल खड़िया उमेर १८ को रुपमा चिञ्हित भएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन।
यता मृतकको आफन्तजनले कमल गाई चराउन हिजो निस्किएको तर घर फर्किएर नआईपुग्दा खोजी गरिएको थियो तर आज तिनको शव बासरा नदीको किनारी भेटाईएको जनाएका छन्।
कमल उर्फ क्रिस सदैव जस्तै गाई चराउन जान्थे तर आईताबार तिनी घरमा नआईपुग्दा खोजी चलाइन्दा पनि कतै पतो नचलेकोले आज निखोज प्राथमिकी दर्ता गर्न तयार भईरहेको क्रममा कमल उर्फ क्रिस खड़ियाको शव बासरा नदीको बगरमा भेटाईएको बताउँदै सम्भवतः नदीले बगाएर तिनको मृत्यु भएको आशङ्का परिवार औ पुलिस सुत्रले जनाएका छन।
शवलाई भोलि पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाईने कालचिनी थाना सुत्रले जनाएका छन्।









