मानव उत्थान सेवा समितिद्वारा खरसाङमा जिल्ला स्तरीय प्रशिक्षण शिविर अनि आध्यात्मिक जागरण समारोह सम्पन्न

IMG-20230507-WA0299.jpg

खरसाङ: मानव उत्थान सेवा समिति दार्जिलिङ जिल्ला भाग एक र खरसाङ तहसिलको आयोजनामा खरसाङमा जिल्ला स्तरीय प्रशिक्षण शिविर एंव आध्यात्मिक जागरण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको राज राजेश्वरी भवनमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्जलका अध्यक्षा महात्मा अदिना बाजाको अध्यक्षता र वरिष्ठ साहित्यकार एंव गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमलाई माउसेस खरसाङ तहसिलको अध्यक्ष बृजकमल राई र रोहित प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा माउसेस खरसाङ तहसिलको अध्यक्ष बृजकमल राईले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन साथै सतपालजी महाराजको तस्वीरमा पुष्प अर्पण र माल्यार्पण गरिएको थियो। कार्यक्रममा काठमाण्डौंबाट आएका माउसेसका उत्तम गिरीले आध्यात्मिक ज्ञान विषयमा बोल्दै भने, युवाहरूलाई आध्यात्मिक शिक्षा दिन आवश्यक छ। युवाहरूलाई परिवर्तन गराउन ह्रदय परिवर्तन गराउनुपर्छ। आध्यात्मिक समारोह जीवन परिवर्तन गर्नलाई हो। मानव उत्थान सेवा समितिको उद्देश्य भनेको समाज परिवर्तन र मानवता हो।’ उनले अघि भने, समाज बोक्राको पछि होइन तर गुदीपट्टि जानुपर्छ। समाज परिवर्तनको लागि क्रान्ति चाहिन्छ।’
यस आध्यात्मिकमा उत्तर पूर्वाञ्चल क्षेत्रका मूल सचिव प्रकाश हाङखिम र कुमार योञ्जनले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा माउसेस बिजनबारी तहसिलको वयोवृद्ध सेवक कुलबहादुर छेत्रीलाई सम्बर्ध्दना जनाइएको थियो। उनलाई महात्मा अदिना बाईजी र कार्यक्रमके मुख्य अतिथि पूर्ण गुरुङ निरुपमको बाहुलीबाट सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै खरसाङ क्षेत्रका युवाहरूद्वारा गठित सामाजिक संस्था ईभान फाउण्डेशनलाई सम्बर्ध्दना जनाइएको थियो। उक्त सम्बर्ध्दना कार्यक्रमका सभाध्यक्षा महात्मा अदिना बाईजी र कार्यक्रममा उपस्थित विशिष्ट अतिथि सभासद श्याम शेर्पाको बाहुलीबाट सम्बर्ध्दना प्रदान गरिएको थियो।

उक्त सम्मान ईभान फाउण्डेशनको प्रमुख प्रशान्त शर्मा र टिमले ग्रहण गरेका थिए। त्यसरी नै दार्जिलिङ चाइल्ड लाइन खरसाङ सप सेन्टरलाई पनि सम्बर्ध्दना जनाइएको थियो। उक्त सम्बर्ध्दना विशिष्ट अतिथि आशा मुखिया लामाको बाहुलीबाट प्रदान गरिएको थियो भने उक्त सम्बर्ध्दना दार्जिलिङ चाइल्ड लाइन खरसाङको किशोर छेत्री र टिमले ग्रहण गरेका थिए। कार्यक्रममा मुख्य अतिथि पूर्ण गुरुङ निरुपमले वक्तव्य राख्दै भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्ताकालय खरसाङ रहेको र यसको विषयमा संक्षिप्तमा जानकारी गराएका थिए। उनले आजको कार्यक्रममा धेरै राम्रो आध्यात्मिक कुराहरू सुन्न पाएको साथै मानव उत्थान सेवा समितिले धेरै राम्रो राम्रो सेवाको कार्यहरू गरिरहेको पनि बताएका छन्। कार्यक्रममा माउसेस मिरिक प्रभारी महात्मा मनोहरी बाईजी र उत्तर पूर्वाञ्जलका अध्यक्षा महात्मा अदिना बाईजीद्वारा आध्यात्मिक सत्संग प्रवचन प्रस्तुत गरेका थिए। यस जिल्ला स्तरीय प्रशिक्षण शिविर र आध्यात्मिक जागरण समारोहम़ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सेवा दलको मण्डल प्रशिक्षक सरोज गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्। जिल्ला स्तरीय प्रशिक्षण शिविर र आध्यात्मिक जागरण समारोहमा विशिष्ट अतिथिको रुपमा सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, आशा मुखिया लामा, एलडी मोक्तान लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement