खरसाङ प्रीमियर लीग:नयाँ बस्ती एफसी, मिक्स्ड अप् बोइज र युनाइटेड दिलाराम विजयी

photocollage_20235719243117.jpg

७ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगिताको दोस्रो दिन आइतवार चाँदमारी खेल मैदानमा तीनवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा नयाँ बस्ती एफसी-ले आईटीआई टुंगलाई ७-३-ले पराजित गऱ्यो। यसरी नै मिक्स्ड अप् बोइजले दोस्रो म्याचमा चैतेपानी एफसी-लाई ४-१-ले पराजित गऱ्यो। आजको तेस्रो तथा अन्तिम म्याचमा गत सीजनको च्याम्पियन युनाइटेड दिलारामले गोथल्स स्लाइडिंग युथ क्लबलाई ५-२-ले पराजित गऱ्यो। यस फूटबल प्रतियोगितामा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई तीनवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा चैतेपानी एफसी, मिक्स्ड अप् बोइज र हिल फूटबल एकाडमी रहेको छ। ग्रुप बी-मा नयाँ बस्ती फूटबल क्लब, मण्टिभियट स्पोर्टिंग क्लब र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) रहेको छ। यसरी ग्रुप सी-मा युनाइटेड दिलाराम, सेण्ट मेरीज र गोथल्स स्लाइडिंग युथ क्लब रहेको छ। आउँदो ८ मईसम्म चल्ने लीग चरणमा हरेक दिन तीनवटा गरेर म्याच खेलिनेछ। म्याचहरू बिहान ११ बजीदेखि शुरु हुनेछ। दुईवटा सेमिफाइनल म्याच ९ मईमा खेलिनेछ। यसरी फाइनल १० मईमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement