७ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन युनाइटेड एफसी-ले जीतको साथ अभियान शुरु गऱ्यो । स्थानीय मेला ग्राउण्डमा आइतवार खेलिएको म्याचमा जर्जियन एफसी-ले सेसोनिअन एफसी-लाई ५-२-ले पराजित गऱ्यो । म्याचमा विजेता टीमबाट कुञ्जमान थापा र प्रवीण सुब्बाले २-२ गोल गरे। यसबाहेक एक गोल सुजल मुण्डा (पोग्बा)-ले छिराए। यसरी सेसोनिअन एफसी-बाट दुवै गोल अंगद मंगरले गरे। कुञ्जमान थापालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सबै म्याचहरू मेला ग्राउण्डमा खेलिनेछ। सोमवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र बोंग एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।










