आशारिका फाउण्डेशनद्वारा आर्थिक सहयोग प्रदान

IMG-20230507-WA0240.jpg

सोनादा: आशारिका फाउण्डेशन सोनादा रंगबुलद्वारा चुनभटी सिपाईधुरा चियाकमान निवासी अाय स्रोत कम्ती भएको सुकदेव शर्मालाई पाँच हजार रूपियाँ प्रदान गरेका छन्। उनको घरको आवस्था एकदम सोचनीय साथै त्यस घरमा एक्लै बस्ने गरेको र उनको दुःखद आवस्थाबारे जानकारी प्राप्त भएर सहयोग गरेको बताइएको छ। यस विषयमा आशारिका फाउण्डेशनका सदस्यहरूले भने, एकजना पत्रकारले हामीलाई सहयोग पुर्‍याउनको लागि खबर गरेका थिए। यसकारण पत्रकार महोदयको खबरलाई मध्यनजर राख्दै हामीले हाम्रो संस्थाद्वारा उनलाई आर्थिक सहयोग पुर्‍याउन घोषणा गरेका थियौं।हाम्रो संस्थाद्वारा क्यान्सर पिडीत बिरामीहरुलाई मात्र आर्थिक सहयोग प्रदान गर्दछौं। तर यस कार्यक्रममा आशारिका फाउण्डेशन सोनादा रंगबुलका सभापति रित्विक तामाङ र सचिव रुपेश छेत्री उपस्थित थिए। आशारिका फाउण्डेशन सोनादा रंगबुलद्वारा एचनस दार्जीलिङका सदस्यहरुले सुकदेव शर्मालाई लुगाफाटाहरु प्रदान गरिदिएकोमासबैलाई धन्यवाद व्यक्त प्रकट गर्दछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement