द्वारिका छेत्रीद्वारा लिखित कविता कृति ‘आदिम भोक’ लोकार्पित

IMG-20230507-WA0233.jpg

कवि द्वारिकाको कविताहरू हामीले यथार्थमा भोगिरहेका छौं: कालुसिंह रणपहेंली

खरसाङ: खरसाङकी नारी स्रष्टा द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति ‘अादिम भोक’ को आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता नारी स्रष्टा विष्णु ठकुरीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एंव युग्मककार कालुसिंह रणपहेंली उपस्थित रहेका थिए। कवियत्री उषाकिरण सत्यदर्शीद्वारा सञ्चालित कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी कवि द्वारिका छेत्रीकी सासु आमाको तस्वीरमा खदार्पणसहित मौन धारण गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण पति एंव प्रकाशक प्रितमकुमार छेत्रीले राखेका थिए। कार्यक्रममा कवि द्वारिका छेत्रीको परिचय उषाकिरण सत्यदर्शीद्वारा राखिएको थियो। यसै कार्यक्रममा द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति ‘आदिम भोक’ सभाध्यक्षा विष्णु ठकुरी, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंली, कवि प्रणय शंकर, प्रकाशक एंव पति प्रितमकुमार छेत्री, सञ्जीव छेत्री, छोरी युक्ति छेत्री र कवियत्रि द्वारिका छेत्री आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त कविता कृतिमाथि समीक्षात्मक टिप्पणी युवा कवि पुस्कर सिंगरले राखेका थिए। उनले द्वारिका छेत्रीले विद्यार्थी जीवनमा साहित्य लेखेनन्। उनले २०१७ देखि कविता लेख्न शुरु गरेका थिए तर पनि छोटो समयमा नै लामो साहित्य साधनापछि लेखेको कविताहरू जस्तै उनका कविताहरू रहेको र कविताहरूमा धेरै राम्रा राम्रा पन्चिङ लाइनहरू रहेको जसले कवितालाई स्पष्ट पारेका छन् भनी बताएका छन्। आफ्नो टिप्पणी राख्दै पुष्कर सिंगरले द्वारिका छेत्रीका कविताहरू शिल्पगत र शैलीगत हिसाबमा धेरै राम्रा रहेको पनि बताएका छन्। त्यसरी नै प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीले कवि द्वारिका छेत्रीद्वारा लिखित कविताहरू पठन गर्दै टिप्पणी राखेका थिए। उनले कवि द्वारिकाभित्र संवेदनशीलता भरपूर छ भनी बताउँदै किनारीकृत भएका विषयहरूलाई कवितामा टिपेर ल्याएर राखेको पनि बताएका छन्। उनले कवि द्वारिका छेत्रीका कविताहरू विषयमा बोल्दै भने, कवि द्वारिकाको कविताहरू हामीले यथार्थमा भोगिरहेका छौं। हामीले कसैलाई कुनै उपहार दिनु छ भने अरू नदिएर कवि द्वारिका छेत्रीको पुस्तक ५-६ वटा किनेर उपहार दिएको राम्रो हो। यसले पठन संस्कृतिलाई विकास गर्न सकिन्छ अनि कवि द्वारिकाले कवितामा सन्देश दिन खोजेको कुराहरू अरूले पनि बुझ्न सक्छन्।’

कार्यक्रममा कवि द्वारिका छेत्रीद्वारा उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए। कार्यक्रममा सभाध्यक्षा विष्णु ठकुरीद्वारा पनि सम्बोधन गरिएको थियो। कार्यक्रममा दार्जिलिङ, मिरिक, सिलगढी, सिटोङ, तीनधारे खरसाङ लगायत विभिन्न स्थानहरूबाट कवि साहित्यकारहरू एंव अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *