कप्तान रोहित शर्माको खराब फर्मले गावस्कर चिन्तित

IMG-20230507-WA0219.jpg

७ मईः भारतीय टीम र इण्डियन प्रीमियर लीग (आईपीएल)-मा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा आईपीएल २०२३-मा खराब फर्मसँग जुझिरहेका छन्। रोहितले आईपीएलको यस सीजनमा १० वटा म्याचमा केवल १८४ रन बनाएका छन्। अन्तिम चारवटा म्याचको कुरा गर्दा दुईपल्ट त उनले खाता पनि खोल्न सकेनन् अनि अन्य दुईवटा म्याचमा पनि चाँड़ै आउट भए। शनिवार चेन्नई सुपर किंग्स विरुद्ध म्याचमा रोहित शून्य रनमा आउट भएपछि पूर्व भारतीय क्रिकेटर सुनिल गावस्करले कप्तानको फर्मलाई लिएर चिन्ता व्यक्त गरे। गावस्करको भनाइअनुसार, रोहितको आईपीएलमा जारी खराब फर्मले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव छोड़्न सक्छ। यसैकारण उनले रोहितलाई सामान्य आराम गर्ने परामर्श दिए। आईपीएल समाप्त भएपछि भारतीय टीमले जूनमा वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। डब्ल्यूटीसी फाइनललाई ध्यानमा राखेर गावस्करले बताएअनुसार, रोहितले अब सामान्य आराम गरेर अष्ट्रेलिया विरुद्ध महत्त्वपूर्ण म्याचको तयारी गर्नु पर्नेछ।
गावस्करको भनाइअनुसार, आईपीएलमा लगातार कम्ती स्कोरले रोहितको आत्मविश्वास डगमगाउन सक्छ। उनले भने, म रोहितले आईपीएलबाट ब्रेक लिए वर्ल्ड टेस्ट च्याम्पियनशीपको निम्ति आफूलाई फिट राखोस् भन्ने चाहन्छु। उनी अन्तिम केही म्याचको निम्ति टीममा आउन सक्छन् तर अहिले उनलाई आरामको आवश्यकता छ। डब्ल्यूटीसी फाइनल ७-देखि ११ जूनसम्म लण्डनको ओवलमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement