पानीले पर्खाल भत्किँदा दुर्गानगर कोलनीको धेरैवटा घर क्षतिग्रस्त

IMG_20220620_154321.png

सिलगढी सिलगढीको महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़) संलग्न जीआरपीएफ-को पर्खाल गत राति परेको अत्याधिक वर्षाले गर्दा भत्किँदा दुर्गानगर कोलनीको धेरैवटा घर क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारीअनुसार जीआरपीएफको बाउन्डरी वाल बनेपछि दुर्गानगर कोलनीका मानिसहरूले विभिन्न समस्याको सामना गर्न परिरहेको छ। यसबारे बारम्बार जीआरपीएफका अधिकारीहरूलाई खबर दिए तापनि कुनै पहल नगरेको इलाकावासीको आरोप रहेको छ। यसपछि गत राति अत्याधिक वर्षाले गर्दा जीआरपीएफ-को पर्खालको एउटा भाग भत्किँदा त्यहाँको पानी इलाकाको केही घरहरूमा पसेपछि धेरै घरहरूलाई क्षति पुऱ्याएको बताइएको छ। उक्त घटनापछि इलाकाका मानिसहरूले क्षोभ प्रकट गरे। घटनाको जानकारी पाएर आज बिहान ४ नम्बर वार्डका पूर्व पार्षद परिमल मित्रले इलाकाको निरीक्षण गरे। यस अवधि तिनले भने, घटनाबारे धेरैपल्ट जीआरपीएफ का अधिकारीहरूलाई खबर दिए तापनि हालसम्म कुनै समाधान गरेको छैन। आज फेरि जीआरपीएफ का उच्च अधिकारीलाई घटनाबारे जानकारी गराइएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार वर्षाको मौसममा हल्का पानी पर्नसाथ जीआरपीएफ-को पर्खालको पानी इलाकाको घरहरू भएर बग्ने गरेकोले आफूहरूलाई धेरै समस्या हुने गर्दछ। गत राति पनि इलाकाको घरहरूभित्र पानी जमेकोले गर्दा धेरै सर-समानहरू क्षतिग्रस्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement