काली मन्दिरमा चोरी

photocollage_202262014402196.jpg

सिलगढी: एउटा काली मन्दिरमा चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त घटना कावाखालीको कलमजोत इलाकास्थित भएको हो। आज बिहान स्थानीय मानिसहरू उक्त मन्दिरमा पुजा गर्न आउँदा मन्दिर भित्रको लाइटहरू फुटेको अवस्थामा साथै मन्दिरको दानपेटी समेत चोरी भएको देखेपछि घटनाबारे पुलियसलाई खबर दिए। घटनाको खबर पाएर मेडिकल आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त मन्दिरमा धेरैपल्टे चोरीको घटना घटेकोले गर्दा यहाँ सीसीटीभी क्यामारा जडान गरिनुपर्ने आवश्यक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement