नेपालमा हिमपैह्रोले तीनको मृत्यु

d005e71ba25febf5443391320487834b.jpg

काठमाण्डौंः नेपालमा हिमपैह्रोले तीनजनाको मृत्यु भएको छ। पश्चिम नेपालको मुगुमा यार्सागुम्बा संकलनका लागि गएकामध्ये तीनजनाको मृत्यु भएको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले मृतकहरुको शव ल्याउने पहल भइरहेको जानकारी दिए। घटनास्थल सदरमुकामबाट तीन दिन पैदलमा रहेकाले उद्धार कठिन रहेको बताए।

मृतक तीनैजना भारी बोकेर फर्कंदै गर्दा हिमपहिरोमा परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। मृतकहरु जुम्ला जिल्लाका हुन्। मुगु नेपालको सबैभन्दा विकट मध्येको जिल्ला हो। यार्साको मौसममा ठूलो संख्यामा हिमाली भेगमा मानिसहरु पुग्ने गर्छन्। यसैगरी, दार्चुलामा गत हप्ता हिमपहिरोमा पर्नेहरुमध्ये २ जना वेपत्ताको अझै खोजी भइरहेको छ। तीनजनाको शव परिवारलाई बुझाइसकिएको र २ जना वेपत्ताको खोजी चलिरहेको दार्चुला जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए। नेपालमा मईमा वर्षा र हिमपात भयो। विभिन्न जिल्लाका हिमाली भेगमा यार्सा संकलन गर्नेहरु दुर्घटनामा परे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement