सिलगढी: गोप्य स्रोतहरूबाट सूचना प्राप्त गरेपछि, नयाँ जलपाइगढी पुलिस स्टेशनले शनिबार राति कारबाहीमा ६७ भैँसी बरामद गरेको छ। नयाँ जलपाइगढी थानाको गोरा मोड इलाकामा बिहार नम्बर प्लेट भएका दुईवटा १२ पाङ्ग्रे ट्रकलाई पुलिसले नियन्त्रणमा लिएको छ। ती दुवै ट्रकबाट ६७ भैँसी बरामद भएको छ। पुलिस स्रोतका अनुसार दुईवटा गाडी बिहारबाट असम जाँदै थिए। घटनामा कसैलाई पनि पक्राउ गर्न सकेको छैन। पुलिसलाई देखेर चालक गाडी छोडेर भागेको पुलिसले जनाएको छ।










