नेपालका प्रचण्ड सरकारमा थप मन्त्री नियुक्त

Untitled-1-copy-57

काठमाण्डौंः नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री थपिएका छन्। नेपाली काँग्रेसबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई आज आइतवार प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।

कपिलवस्तु क्षेत्र नं २ बाट नोभेम्बर २० को चुनाव जितेका आचार्य राष्ट्रपति पौडेल निकट हुन्। आचार्यसहित नेपाली काँग्रेसबाट ९ मन्त्री सरकारमा सहभागी भएका छन्। क्याबिनेटमा प्रधानमन्त्री प्रचण्डसहित २३ सदस्य पुगेका छन् जसमा दुई जना राज्यमन्त्री छन्। यसअघि नेपाल समाजवादी पार्टीका नेता महीन्द्र यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका थिए। यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रचण्डले नवौं पटक क्याबिनेट विस्तार तथा हेरफेर गरिसकेका छन्। अब वन मन्त्रालय मात्र प्रचण्डको जिम्मेवारीमा छ। उक्त मन्त्रालयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने तयारी भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement