युवकद्वारा आत्महत्या

Death-Image-Rep-copy

सिलगढी: एउटा फुल दोकानमा एकजना युवकले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। घटना सिलगढी हासमी चोकमा भएको हो। मृतक युवक अलिपुरद्वारको रायचाङ्गा इलाका निवासी सञ्जु विश्वासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार लगभग एक हप्ताअघि उक्त युवक फुल दोकानमा काम गर्नको लागि आएका थिए भने तिनी दोकानमै बस्ने गर्दथे। प्रत्येक दिन बिहान दोकान मालिकले सञ्जुलाई फोन गर्ने गर्दथे। तर आज बिहान फोन गर्दा पनि सञ्जुले नउठाएपछि दोकान मालिक स्वयम् आएर दोकान खोलेर हेर्दा झुन्डिरहेको अवस्थामा युवकको शव देखे। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय दोकानेहरूले बताएअनुसार मृतक युवक सञ्जु दोकानमै बस्ने गर्दथे। तिनी कसैसँग पनि बेसी बोल्दैन थिए। आज बिहान दोकान मालिकले फोन गर्दा नउठाएपछि दोकानमा आएर हेर्दा तिनको झुन्डिएको अवस्थामा शव उद्धार भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement