भाजपाले आफ्नो वचम पूरा नगरे हामी सोच्न बाध्य हुने छौ: अजय एडवाडर्स

Screenshot_20230507_150448_WhatsApp.jpg

दार्जीलिङ: भारतीय जनता पार्टीले आफ्नो वचन पूरा गरेको खण्डमा आगमी २०२४ को लोकसभा चूनावमा हामी समर्थन गर्ने छौ भन्ने मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। उनी आज गाडी धूरा,सोनादा आदि क्षेत्रको भ्रमणमा निस्केका थिए। यस अवधि उनले दार्जीलिङ पार्वतीय क्षेत्रको जनताले भारतीय जनता पार्टीलाई १५ बर्षसम्म समर्थन दिएको बताए।गत २०१९ को लोकसभा चूनावमा भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा गोर्खा समुदायको ११ जात गोष्ठीलाई जन जातिमा समाबेश गर्ने र दार्जीलिङ तराई डुवर्सको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने लिखित वाचा गरेको छ। भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा उल्लेख वाचाहरू २४ को लोकसभा चूनाव अघि पूरा गरेको खण्डमा हामी भाजपाको जय जयकार गर्दै पूनः समर्थन जनाउँने छौ तर यदि भाजपाले आफ्नो वाचा पूरा नगरेको खण्डमा हामी भाजपाको समर्थनमा हात जोडदै गाउँ गाउँ जानु सक्दैनौ त्यस समय हामीले विकल्प हेर्नै पर्छ अध्यक्ष एडवाडर्सले भने।दार्जीलिङ नगरपालिका बोर्डको संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्पष्ट शब्दमा भने हाम्रो पार्टीको ब्यार्नरमा निर्वाचित भएर अन्य राजनैतिक दलमा सामेल हुने नगरपार्षदहरूलाई मेरो भन्नु केही छैन, सिलगढीमा घर ५० लाख रूपियाँ पाएपछि जो कसैको पनि खुटटा हल्लिन सक्छ तर सुजाता शंखर, पेमिला भोटिया आदि जस्ता हाम्रो चेलीहरू अटल भएर बस्यो अनि अझ पनि बसेको छ। सुजाता शखर बहिनी लाई सिलगढीमा घर र पैसा राखी दिएको छु, तिमी आउँ भन्दा पनि उनी गएनन।उनले आफ्नो स्वाभिमानलाई बेच्ने काम गरेनन।चूनाव आउँछ जान्छ तर हामी हाम्रो जातिलाई माया गरी नै बस्ने छौ। हामीले हाम्रो समाजिक कार्यहरूलाई निरन्तर रूपमा अधि बडाएर लैजाने छौ, हामीले समाजिक कार्यहरू गर्दै आएको ३० बर्ष नाघी सकेको रहेछ अध्यक्ष एडवाडर्सले भने। तिनले अधि भने सरकारले गर्न नसकेको काम हामीले गरेका छौ, खरसाङको जोक मायामा गाडी पूग्न सकेको थिएन तर हामीले त्यहाँ बाटो पूराउने काम गरेका छौ। हामीले बनाएको बाटोेको कारणले गर्दा ११ बर्षपछि दिदी वहिनीको भेट हुन सकेको छ तर आज त्यही बाटोलाई जीटीए चीफ अनित थापाले बन्द गरी दिएको छ यो कस्तो विडम्बना अध्यक्ष अजय एडवाडर्सले प्रश्न तेर्साए।चूनाव आउँछ जान्छ तर एडवाडर्सले बनाएको बाटो तिमी बन्द गरी दिएको छौ, तिमीले अझ जोक मायाको बाटोलाई राम्रो र चिल्लो बाटो बनाउनु पर्ने हो, यस्तै बाटोहरूको निर्माणको निम्ति जीटीएलाई सरकारलाई पैसा दिएको छ तर यो तिमी के गरेको हो? भन्दै प्रश्नमाथि प्रश्न तेर्साए।बंगाल विधानसभा चूनाव अघि पहाडको तीनवटा विधानसभा समष्टिहरूमा जीत हासिल गर्न फर्जी टेट परिक्षा गरायो।फर्जी टेट परिक्षाको निम्ति ४० हजार युवा युवतीहरूले फर्म दर्ता गरेको थियो, जसमा १५ हजार युवा युवतीहरूलाई परिक्षा को निम्ति निम्ताएका थिए यस्तो मानसिकता भएको पार्टीलाई तपाईहरू युवा युवतीहरूले के गर्नु हुन्छ तपाईहरू आफै सोच्नु होस अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement